Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थ्री नेसन्स कपको उपाधि नेपाललाई, बंगलादेश २–१ गोलले पराजित

थ्री नेसन्स कपको उपाधि नेपाललाई, बंगलादेश २–१ गोलले पराजित

  • सोमवार, चैत्र १६ २०७७

  • 1.2K
    SHARES

  • थ्री नेसन्स कपको  उपाधि नेपाललाई, बंगलादेश २–१ गोलले पराजित

    काठमाडौं । नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता थ्री नेसन्स कपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

    नेपालका लागि पहिलो गोल खेलको १७ औँ मिनेटमा सञ्जोक राईले गरेका थिए भने विशाल राईले ४१ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। विशालले अफसाइड ट्र्याप बिट गरेर सेकेण्ड बार च्यापेर उत्कृष्ट गोल गरेका थिए ।

    बंगलादेशले खेलको ८२ औँ मिनेटमा एक गोल फर्काएर खेलमा फर्कने कोशिस गरेको थियो। बंगलादेशका लागि महोबबुर रहमानले एक गोल फर्काएका थिए ।

    नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १८ महिनापछि गोल गोल गरेको हो ।

    यसअघि नेपालले सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध २–० गोलले जित हात पारेको थियो।

    त्यसयता सात वटा खेल खेलेको नेपालले चारवटा हार र तीन बराबरीको नतिजा निकालेको थियो। लगातार चार खेल हारेको नेपालले त्यसपछि लगातार तीन बराबरी खेलेको थियो।

    नेपालले अन्तिम हार केही महिनाअघि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ब्यहोरेको थियो। बंगलादेशमा भएको उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो।

    नेपाल र बंगलादेशको खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला पुगेका थिए।


    सोमवार, चैत्र १६ २०७७०७:४५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij