Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले निलम्बन गरेपछि माधव नेपालप्रति माओवादी केन्द्रको सहानुभूति

ओलीले निलम्बन गरेपछि माधव नेपालप्रति माओवादी केन्द्रको सहानुभूति

  • सोमवार, चैत्र १६ २०७७

  • 2.8K
    SHARES

  • ओलीले निलम्बन गरेपछि माधव नेपालप्रति माओवादी केन्द्रको सहानुभूति

    काठमाडौँ – वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयले नेकपा एमाले विभाजनतर्फ धेकेलिएको छ ।

    अनुशासन विपरीत काम गरेको भन्दै नेता नेपाल र रावललाई प्रधानन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि एमाले विभाजनमा बल पुगेको हो ।

    राजनीतिक विश्लेषकहरुले अब एमाले एक भएर रहन सक्ने सम्भावना समाप्त भएको बताएका छन् । पछिल्ला घटना क्रमले ढिलो चाँडो एमाले फुट्ने निश्चित भएको विश्लेषक डा. सुरेन्द्र केसीले बताउनुभयो ।

    पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोप लगाउँदै एमालेले वरिष्ठ नेता नेपाल र रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुषालसँग स्पष्टीकरण माग गरेको थियो । तर नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिना निलम्बन गर्ने निर्णय अध्यक्ष ओलीले गरेपछि नेपाल समूह झनै आक्रोशित बनेको छ ।

    आफूहरुलाई कारबाही गर्ने अधिकार केपी ओलीलाई नरहेको नेता रावलले बताउनुभयो । उहाँले केपी ओलीले आफूसहित नेता नेपाललाई गरेको कारबाहीको निर्णयप्रति भत्सर्ना गर्दै अस्वीकार गर्ने बताउनुभयो ।

    वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको स्वच्छाचारी निर्णयबाट विचलित नहुन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । उहाँले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिनुभयो ।

    साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न नेता नेपालले कार्यकर्तालाई आह्वान गर्नुभयो ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लगातार जसो भइरहेको भेटवार्ताकाबीच एमालेले माधवकुमार नेपाललाई पार्टीबाट निलम्बन गरेपछि अबको राजनीतिक परिदृष्यबारे धेरैको चासो छ ।

    कतिपयले माओवादी र एमालेको नेपाल समूहबीच एकता भएर नयाँ पार्टी गठन हुने लख काटिरहेका छन् । तर प्रचण्ड र नेपालबीच लगातार जसो भइरहेको भेटवार्तालाई अस्वभाविक भन्न नमिल्ने माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले बताउनुभयो ।

    पार्टीमा संकट उत्पन्न भएका बेला हिजो एउटै मोर्चामा रहेका नेताहरुबीचको भेटलाई स्वभाविक रुपमा बुझिनुपर्ने उहाँले बताउनुभयो । ओलीले एमाले विभाजनको बिउँ रोपेपछि प्रचण्ड–नेपाल भेट बाक्लिएको उहाँले बताउनुभयो ।

    एमालेमा विभाजनको बिउँ रोप्ने केपी ओली नै रहेको माओवादी केन्द्रका नेताहरुको मत छ । ओलीले माधव समूहलाई ‘तिमिहरु चाहिँदैन जाउँ’ भन्ने खालको व्यवहार गरेपछि माओवादी केन्द्रसँग नयाँ शिराबाट एकताको पहल सुरु भएको नेता गजुरेलले बताउनुभयो ।

    तर माधव नेपाल समूहका नेताहरुले भने एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध संघर्ष गर्नेमा आफूहरु प्रष्ट रहेको बताउँदै आएका छन् ।

     


    सोमवार, चैत्र १६ २०७७०८:१४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij