Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोहली अप्रिल १ बाट बैंगलोरको प्रशिक्षणमा सहभागी हुने

कोहली अप्रिल १ बाट बैंगलोरको प्रशिक्षणमा सहभागी हुने

  • मंगलवार, चैत्र १७ २०७७

  • 953
    SHARES

  • कोहली अप्रिल १ बाट बैंगलोरको प्रशिक्षणमा सहभागी हुने

    एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अप्रिल १ बाट रोयल च्यालेन्जर्स बैंगलोरको प्रशिक्षणमा सामेल हुने भएका छन् ।

    नयाँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि बैंगलोरले मंगलबारबाट चेन्नईमा तयारी सुरु गर्दैछ । टिमले बायो सेक्योर बबल्स भित्र रहेर तयारी गर्नेछ ।

    तर, कप्तान कोहली भने प्रशिक्षण सुरु भएको दुई दिनपछि सामेल हुने छन् ।

    कोहलीले कप्तानीमा भारतले आइतबार मात्रै इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज जितेको थियो । कोहली जनवरीको अन्तिमबाटै बायो सेक्योर बबल्स भित्र रहदै आएका छन् । तर, सिरिज सकिएपछि उनीहरु त्यसबाट बाहिर निस्किएका थिए ।

    १४ औं संस्करणको आईपीएल अप्रिल ९ बाट सुरु हुने छ । चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुने छ ।


    मंगलवार, चैत्र १७ २०७७०८:५४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij