Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभरका १४० स्थानीय तह कर्मचारी जान नमान्दा निमित्तको भरमा

देशभरका १४० स्थानीय तह कर्मचारी जान नमान्दा निमित्तको भरमा

  • बुधवार, चैत्र १८ २०७७

  • 986
    SHARES

  • देशभरका  १४० स्थानीय तह कर्मचारी जान नमान्दा  निमित्तको भरमा

    काठमाडौं । देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ ।

    स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोक सेवा आयोगबाट एक सय जना शाखा अधिकृत र ८८ जना उपसचिव आउने क्रममा रहेकाले तत्कालका लागि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव भएको बताउनुभयो । “प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तहमा सम्बन्धित स्थानीय तहमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “लोक सेवाबाट कर्मचारी पूर्ति नभएसम्मका लागि सेवाग्राहीको काम नरोकिने गरी मन्त्रालयले वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गर्दै आएको छ ।”

    उहाँका अनुसार स्थानीय तह कर्मचारीको रोजाइमा नपरेको, उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भएकाले उपमहानगरपालिका सहसचिव सेवा प्रवाहका लागि जान नमानेको, सङ्घीय सरकारले प्रशासकीय अधिकृतको दरबन्दी सिर्जना गर्न नसकेको, हाल रहेका शाखा अधिकृत र उपसचिव पनि स्थानीय तहमा जान नचाहेका कारण यति धेरै सङ्ख्यामा कर्मचारी रिक्त रहेका हुन् । सबैभन्दा धेरै प्रदेश २ का स्थानीय तह निमित्तका भरमा चलिरहेका छन् ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।


    बुधवार, चैत्र १८ २०७७०६:३०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij