Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अदालत पार्टी मिलाउने–फुटाउने थलो होइन भन्ने कुरा ओलीले बुझ्नुपर्छ : अधिवक्ता भट्टराई

अदालत पार्टी मिलाउने–फुटाउने थलो होइन भन्ने कुरा ओलीले बुझ्नुपर्छ : अधिवक्ता भट्टराई

  • बुधवार, चैत्र १८ २०७७

  • 3.0K
    SHARES

  • अदालत पार्टी मिलाउने–फुटाउने थलो होइन भन्ने कुरा ओलीले बुझ्नुपर्छ : अधिवक्ता भट्टराई

    काठमाडौं । बरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनरावलोकनका लागि अदालत जानु स्वभाविक रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले आफूसँग सम्बन्धित मुद्धाको फैसला चित्त नबुझेपछि ‘प्रचण्ड’ पुनरावलोकनमा जानु कानुनअनुरुप नै भएको पनि स्पष्ट पार्नुभयो ।

    उहाँले प्रशस्त आधार र प्रमाण भएकाले सर्वोच्चको फैसला पुनरावलोकन हुनेमा बिश्वास व्यक्त गर्नुभएको छ ।

    अदालत पार्टी मिलाउने र फुटाउने थलो होईन भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले बुझ्नुपर्ने अधिवक्ता भट्टराईले बताउनुभयो ।

    सर्वोच्च अदालतले दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मान्यता खारेज गरेको थियो । सर्वोच्चले नेकपालाई पुर्व माओवादी र एमालेमा फर्काउने फैसला गत फागुन २३ गते सुनाएको थियो ।


    बुधवार, चैत्र १८ २०७७०६:५४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij