काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार (आज) बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने छ ।
आजको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचि छ ।
काँग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।
संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूचि रहेको छ ।