Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
विश्वकप फुटबल छनोट :

पोर्चुगलले लक्जेम्बर्गविरुद्ध कमब्याक जित निकाल्यो , बेल्जियम, नेदरल्याण्ड्स र क्रोएसिया पनि विजयी

पोर्चुगलले लक्जेम्बर्गविरुद्ध कमब्याक जित निकाल्यो , बेल्जियम, नेदरल्याण्ड्स र क्रोएसिया पनि विजयी

  • बुधवार, चैत्र १८ २०७७

  • 983
    SHARES

  • पोर्चुगलले लक्जेम्बर्गविरुद्ध कमब्याक जित निकाल्यो , बेल्जियम, नेदरल्याण्ड्स र क्रोएसिया पनि विजयी

    एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेल्जियम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् ।

    गएराति लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३–१ ले विजयी भयो । १ गोलले पछि परेको अवस्थामा खेलमा फर्कँदै पोर्चुलले ३ १ को जित निकालेको हो । १ गोलले पछि परेको अवस्थामा खेलमा फर्कँदै पोर्चुलले ३ १ को जित निकालेको हो । खेलकै ३० औं मिनेटमा गेल्सन रोड्रिगवेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पोर्चुगलका डिएगो जोटाले खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ५० औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डाले तथा ८० औँ मिनेटमा जाओ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई सहज जित दिलाए ।

    यही समूहको अर्को खेलमा सर्वियाले अजरबैजानलाई २–१ ले पराजित गरेको थियो ।

    विश्वकप फुटबल छनौट युरोपेली समुह ‘इ’ को खेलमा बेल्जियमले बेलारुसलाई ८–० को फराकिलो अन्तरमा हराउँदा वेल्सले चेक रिपब्लिकमाथि १–० को जित निकालेको छ ।

    समूह ‘जी’ को खेलमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ७–० ले पाखा लगाउँदा नर्वेले मोन्टेनेग्रोलाई १–० ले हराएको थियो ।

    यही समूहको अर्को खेलमा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेलेका छन् ।

    यसैगरी समुह एच को खेलमा क्रोएसियाले माल्टालाई ३–० ले हराउँदा स्लोभाकियाले रुसलाई २–१ ले तथा साइप्रसले स्लोभेनियालाई १–० ले पाखा लगाएको छ ।


    बुधवार, चैत्र १८ २०७७०८:४६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij