Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहिद स्मारक सी डिभिजन लिगमा आज दुई खेल हुँदै

सहिद स्मारक सी डिभिजन लिगमा आज दुई खेल हुँदै

  • बुधवार, चैत्र १८ २०७७

  • 1.3K
    SHARES

  • सहिद स्मारक सी डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा विरगंज युनाईटेड र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुने छ ।

    विरगंज र चर्चबीचको खेल १२ः३० बजे सुरु हुने छ । यस्तै दोस्रो खेलमा महाबिर क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    महाबिर र झापाबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुने छ ।

    लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ ।

    यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।


    बुधवार, चैत्र १८ २०७७१०:२६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij