Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुलुकको राजनीतिक उल्झन फुकाउन काँग्रेस सक्रिय छ : नेतृ डा. संग्रौला

मुलुकको राजनीतिक उल्झन फुकाउन काँग्रेस सक्रिय छ : नेतृ डा. संग्रौला

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.1K
    SHARES

  • मुलुकको राजनीतिक उल्झन फुकाउन काँग्रेस सक्रिय छ : नेतृ डा. संग्रौला

    काठमाडौं । नेपाली काँग्रेसका नेतृ डा.डिला संग्रौलाले मुलुक राजनीतिक उल्झनमा रहेको समयमा पार्टीको एजेण्डा काँग्रेस केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

    उहाँले पार्टीको चैत्र २० गते बस्ने केन्द्रीय कमिटीको बैठकले नयाँ सरकार गठन र १४ औं महाधिवेशनबारे ठोस निर्णय लिनुपर्ने बताउनुभएको छ । अहिले पार्टी १४ औं महाधिवेशनमा व्यस्त रहेको उहाँले बताउनुभएको छ ।

    नेतृ डा.संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गराउन पार्टीका अधिकांश सांसदहरु सकारात्मक रहेको उल्लेख गर्नुभएको छ ।

    उहाँले काँग्रेससँगमात्रै नयाँ सरकार गठन गर्न बहुमत नरहेकाले पार्टी एक्लैले देशको राजनीतिलाई निकास दिन नसकेको प्रष्ट पार्नुभयो ।

    माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले पनि स्पष्ट निर्णय नलिँदा काँग्रेसले नयाँ सरकार बनाउन नसकेको नेतृ डा.संग्रौलाको दावी छ ।


    बिहिवार, चैत्र १९ २०७७०७:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij