Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
फिफा विश्वकप छनोट :

जर्मनी घरेलु मैदानमा नर्थ मेसेडोनियासँग स्तब्ध

जर्मनी घरेलु मैदानमा नर्थ मेसेडोनियासँग स्तब्ध

  • बिहिवार, चैत्र १९ २०७७

  • 827
    SHARES

  • जर्मनी घरेलु मैदानमा नर्थ मेसेडोनियासँग स्तब्ध

    एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटमा जर्मनी पराजित भएको छ ।

    बुधबार राति भएको खेलमा जर्मनी नर्थ मेसेडोनियासँग २–१ गोल अन्तरले पराजित भएको हो । 

    घरेलु मैदानमा इल्के गुन्डोगानले एक गोल फर्काए पनि जर्मनीले हार व्यहोरेको हो ।

    1617242101jarmny.jpg

    पहिलो हाफको इन्जुरी समयमा गोरान पाण्डेभले गोल गर्दै मेसेडोनियालाई अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा गुन्डोगानले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

    तर, खेलको ८५ औं मिनेटमा एल्जिफ इल्मासले गोल गर्दै मेसेडोनियालाई २–१ को जित दिलाएका थिए । जर्मनीलाई हराएसँगै मेसेडोनिया समूह ’जे’ को दोस्रो स्थानमा उक्लिएको छ ।

    मेसेडोनियाले ३ खेलमा ६ अंक जोडेको छ । जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहमा अर्मेनिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


    बिहिवार, चैत्र १९ २०७७०८:२०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij