Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फ्रान्समा चार साताका लागि लकडाउन घोषणा

फ्रान्समा चार साताका लागि लकडाउन घोषणा

  • बिहिवार, चैत्र १९ २०७७

  • 1.6K
    SHARES

  • फ्रान्समा चार साताका लागि लकडाउन घोषणा

    एजेन्सी । कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गरेका छन् ।

    लकडाउनका समयमा सम्पूर्ण विद्यालय र कलेजहरु बन्द रहनेछन् भने सरकारी कार्यालयको काम घरबाटै गर्नुपर्ने नियम लागु गरिएको छ ।
    अत्यावश्यक सामानका पसलहरु खुल्नेछन् भने सार्वजनिक सभामा पूर्णरुपमा रोक लगाइएको छ ।

    राष्ट्रपति म्याक्रोंले लकडाउनको नियम पालना गर्न सर्वसाधारणमा अपील गर्दै कोरोनाको संक्रमणको स्थिति नियन्त्रणबाहिर नभएपनि समयमै सावधानी अपनाउनका लागि लकडाउन गर्नुपरेको बताएका छन् ।


    बिहिवार, चैत्र १९ २०७७०८:३२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij