Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लोकतन्त्रको रक्षाका लागि काँग्रेस नेतृत्व लिन तयार : नेता केसी

लोकतन्त्रको रक्षाका लागि काँग्रेस नेतृत्व लिन तयार : नेता केसी

  • शनिवार, चैत्र २१ २०७७

  • 1.3K
    SHARES

  • लोकतन्त्रको रक्षाका लागि काँग्रेस नेतृत्व लिन तयार : नेता केसी

    काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सरकारको नेतृत्व लिन तयार रहेको उल्लेख गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले देशलाई उचित निकास दिएर लोकतन्त्रको रक्षा गर्नका लागि काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै नैतिकताका आधारमा आफैं राजीनामा दिनुपर्नेमा नदिएपछि अब राजीनामा दिनैपर्ने बाध्यात्मक स्थिती सिर्जना गरिनुपर्ने नेता केसीको धारणा छ ।

    उहाँले मुलुकमा बढेको राजनीतिक संकट अन्त्य गर्नैकै लागि भएपनि काँग्रेस नेतृत्वमा आउनुपर्ने देखिएको स्पष्ट पार्नुभएको छ ।

    नेता केसीले पार्टीले सहयोग गर्ने भन्दै अन्य प्रतिपक्ष दलहरुलाई पनि सरकारको नेतृत्व लिन आग्रह गरेको उल्लेख गर्नुभयो ।

    अहिले काँग्रेस पार्टीको मुख्य एजेण्डा वैकल्पिक सरकार निर्माण हुनुपर्छ भन्ने रहेको पनि नेता केसीले प्रष्ट पार्नुभएको छ ।

     

     


    शनिवार, चैत्र २१ २०७७०६:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij