Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहा रारा गोल्डकपको १९ औ संस्करण आजबाट

आहा रारा गोल्डकपको १९ औ संस्करण आजबाट

  • शनिवार, चैत्र २१ २०७७

  • 1.6K
    SHARES

  • आहा रारा गोल्डकपको १९ औ संस्करण आजबाट

    काठमाडौं । आहा रारा गोल्डकप फुटबलको १९ औ संस्करण आजबाट सुरु हुने भएको छ ।

    पोखरा रंगशालामा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच भिड्ने छन् ।

    आयोजक र एपीएफबीचको खेल दिउँसो २ः३० बजे सुरु हुने तय भएको छ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

    यस संस्करणमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

    गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उपाधि जितेको थियो ।

    प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार हात पार्ने छ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

    आयोजकले दर्शकको लागि टिकट दर समेत राखेको छ । क्वाटरफाइनल खेलका लागि १ सय ५०, सेमिफाइनल खेलका लागि २ सय र फाइनल खेलका लागि ३ सय टिकट दर राखिएको छ ।


    शनिवार, चैत्र २१ २०७७०८:२२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij