Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, संगठन सुदृढीकरण अभियान घोषणा हुने

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, संगठन सुदृढीकरण अभियान घोषणा हुने

  • शनिवार, चैत्र २१ २०७७

  • 928
    SHARES

  • खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, संगठन सुदृढीकरण अभियान घोषणा हुने

    काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटीको बैठक शनिबार पनि बस्दै छ ।

    दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

    नेता योगेश भट्टराईले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आएको जानकारी दिँदै त्यसबारे शनिबारको बैठकबाट निर्णय गर्ने बताउनुभएको छ ।

    खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो । त्यसयता यो समूहले समानान्तर गतिविधि गर्दै आएको छ ।

    नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीले निलम्बन गरेपछि नेपाल–खनाल समूह समानान्तर गतिविधिलाई सशक्त पार्ने योजनामा रहेको छ ।

    सर्वोच्च अदालतले नेकपाको मान्यता खारेज गरेसँगै ओलीको स्वेच्छाचारी र निरंकुश प्रवृति बढेको भन्दै खनाल नेपाल पक्षले देशव्यापी समानान्तर गतिविधि गर्दै आएको छ । सर्वोच्चले नेकपालाई पुर्व माओवादी र एमालेमा फर्काउने फैसला गत फागुन २३ गते सुनाएको थियो ।


    शनिवार, चैत्र २१ २०७७०८:५२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij