Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहा रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज

आहा रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज

  • आइतवार, चैत्र २२ २०७७

  • 1.0K
    SHARES

  • आहा रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज

    काठमाडौं । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो क्वाटरफाइनल खेल आज हुँदै छ ।

    पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुने छ ।

    मछिन्द्र र अफ्रिकन रुटबीचको खेल दिउँसो २ः३० बजे सुरु हुने छ । प्रतियोगितामा एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

    उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० ले हराएर एपीएफ अन्तिम चारमा पुगेको हो । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्ने छ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


    आइतवार, चैत्र २२ २०७७०८:२७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij