काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । देशव्यापी रुपमा अलग संरचना बनाउने तयारी गरेको यो समूहले आज काठमाडौंमा कमिटी घोषणा गर्दैछ ।
काठमाडौं अध्यक्ष वसन्त मानन्धरलाई बनाउने तयारी गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिनुभएको छ । मानन्धर प्रदेश सांसद पनि हुनुहुन्छ ।

खनाल–नेपाल समूहले आज बुद्धनगर पार्टी प्यालेसमा जिल्ला कमिटीको भेला आयोजना गरेको छ । भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सम्बोधन गर्ने बताइएको छ ।