Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

म्यानचेस्टर युनाइटेडसँग ब्राइटन २–१ गोल अन्तरले पराजित

म्यानचेस्टर युनाइटेडसँग ब्राइटन २–१ गोल अन्तरले पराजित

  • सोमवार, चैत्र २३ २०७७

  • 1.4K
    SHARES

  • म्यानचेस्टर   युनाइटेडसँग ब्राइटन २–१ गोल अन्तरले पराजित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टरलाई विजयी गराउन मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक-एक गोल गरे ।

    पराजित टोली ब्राइटनका ड्यानी वेलबेकले पहिलो गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई न्युकासल युनाइटेडले २–२ गोलको बराबरीमा रोकेको छ ।

    गएराति साउथह्याम्पटनले बर्न्लेमाथि ३–२ को जित निकाल्दा एस्टन भिल्लाले फुल्हमलाई ३–१ ले हरायो । प्रिमियर लिगमा गएरातिका खेलहरुपछि ३१ खेलबाट ७४ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा छ ।

    ३० खेलबाट ६० अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५६ अंक छ । ५१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने पाँचौ स्थानको टोटनह्यामको ४९ अंक भएको छ ।


    सोमवार, चैत्र २३ २०७७०८:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij