Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड सेभियासँग पराजित

शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड सेभियासँग पराजित

  • सोमवार, चैत्र २३ २०७७

  • 1.5K
    SHARES

  • शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड सेभियासँग पराजित

    एजेन्सी l स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । एट्लेटिकोले सेभियासँग १–० को हार बेहोरेको हो ।

    घरेलु मैदानमा सेभियाको जितमा मार्कोस एकुन्नाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७०औं मिनेटमा गोल गरेका थिए । रोमन साञ्चेज पिजुवान स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा पेनाल्टीको अवसर चुकाउदा अग्रता लिने मौका गुमाएको थियो ।

    सउल निग्वजेले पेनाल्टी बक्समा इभान राकिटिचलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पास चुकेका थिए । त्यसअघि छैटौं मिनेटमा सुसोको प्रहारलाई एट्लेटिकोको गोलरक्षक जान ओब्लाकले मुस्किलले बचाएका थिए । ३०औं मिनेटमा मार्कोस एकुनाको क्रसमा जेसस नाभासको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा सेभिया अग्रता लिनबाट चुक्यो ।

    ६७औं मिनेटमा थोमस लेमारको कर्नरमा कोकीको प्रहारलाई सेभियाका गोलरक्षक यासिर बोनोउले उत्कृष्ट बचाउ गर्दा सेभिया अग्रता लिनबाट चुक्यो । ७०औं मिनेटमा सेभियाले मार्कोस एकुनाको गोलबाट १–० को अग्रता लियो । सुसोले दुई डिफेन्डरलाई बिट गर्दै दिएको पासमा जेसस नाभासले दिएको क्रसलाई अनमार्क रहेका एकुनाको पावरफुल हेडरले जाली चुमेको थियो ।

    इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस सुआरेजको फ्लिक पासमा अनमार्क रहेका एन्जल कोरेयाको प्रहारलाई सेभियाका गोलरक्षक यासिर बोनोउले बचाउदै बचाउदै टोलीलाई जित दिलाए । एट्लेटिकोको हारको फाइदा रियल म्याड्रिड र बार्सिलोनालाई पुगेको छ । एट्लेटिकोले शीर्षस्थानमा ३ अंकको मात्रै अग्रता लिएको छ ।

    यो हारपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको रियलको ६३ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । एट्लेटिकोलाई हराएको सेभिया ५८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।


    सोमवार, चैत्र २३ २०७७०८:५२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij