Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशमा देखापरेको संकट मुक्तिको एक मात्र विकल्प चुनाव : थापा

देशमा देखापरेको संकट मुक्तिको एक मात्र विकल्प चुनाव : थापा

  • मंगलवार, चैत्र २४ २०७७

  • 659
    SHARES

  • देशमा देखापरेको संकट मुक्तिको एक मात्र विकल्प चुनाव : थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा देखापरेको संकट मुक्तिको एक मात्र विकल्प चुनाव रहेको बताउनुभएको छ ।

    उहाँले देशमा राजनीतिक संकटमा परेको उल्लेख गर्दै त्यसको समाधानको एक मात्रै विकल्प चुनाव भएको बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुुभयो,‘गएको निर्वाचनमार्फत खडा भएको नेकपाको गठबन्धनलाई जनताले दिएको मतको कदर भएको छैन्, सत्ता लालचले गठबन्धन टुटेको हो । अब नयाँ चुनाव नै राजनीतिक संकटबाट देश उकास्ने एक मात्रै विकल्प हो ।’

    नेपाली काँग्रेसलाई पनि नयाँ चुनावमा जाँदा राजनीतिक फाईदा पुग्ने राप्रपा अध्यक्ष थापाको भनाइ छ ।

    उहाँले गत निर्वाचनमा जनताले काँग्रेसलाई सरकार बनाउन मत नदिएकाले अहिले नै काँग्रेसले सत्ताका लागि अन्य दलसँग सहकार्य नगर्नुपर्ने बताउनुभएको छ ।

    राप्रपा अध्यक्ष थापाले कर्णाली प्रदेशमा राप्रपाको एक मात्रै सिट रहेपनि निर्णायक रहेकाले त्यो विकसीत परिस्थितीअनुसार सदुपयोग गर्ने उल्लेख गर्नुभयो ।

    पार्टीको महाधिवेशनपछि राप्रपा देशमा बलियो प्रजातन्त्र स्थापित गर्न केन्द्रीत हुने उहाँले स्पष्ट पार्नुभएको छ ।


    मंगलवार, चैत्र २४ २०७७०७:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij