Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खनाल–नेपाल समूहले गर्यो बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

खनाल–नेपाल समूहले गर्यो बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

  • मंगलवार, चैत्र २४ २०७७

  • 1.1K
    SHARES

  • खनाल–नेपाल समूहले गर्यो बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

    काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल–माधवकुमार नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

    जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईँ रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, वसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

    समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएको छ ।


    मंगलवार, चैत्र २४ २०७७०२:५४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij