Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल आज

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल आज

  • बिहिवार, चैत्र २६ २०७७

  • 915
    SHARES

  • आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल आज

    काठमाडौं । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

    पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुने छ । पुलिस र अफ्रिकनबीचको खेल दिउँसो ३:०० बजे सुरु हुने छ ।

    आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छन् । आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो ।

    यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो ।

    यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्ने छ । संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।

    प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्ने छ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


    बिहिवार, चैत्र २६ २०७७०८:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij