काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक आगामी ३० गते बस्ने गरी स्थगित भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै शुक्रबारका लागि बोलाइएको बैठक चैत ३० गते २ बजे बस्नेगरी मिति तोकिएको जानकारी गराउनुभएको छ ।
यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।
त्यसबाहेक आगामी महाविधेशनको आन्तरिक कार्यतालिका समेत सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो । अब बस्ने केन्द्रीय समितिको बैठकमा महाविधेशनकै विषयमा छलफल गर्ने कांग्रेसको तयारी रहेको बताइएको छ ।