Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

  • शनिवार, चैत्र २८ २०७७

  • 761
    SHARES

  • भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु

    काठमाडौं । भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबार (आज)देखि सुरु भएको छ ।

    कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।

    आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुने छ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।

    लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा सुरु भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ ।

    यता, थिमिको बोडेमा मनाइने जिब्रो छेड्ने प्रसिद्ध जात्रामा यसपटक पनि बुद्धकृष्ण वाग श्रेष्ठले नै जिब्रो छेडाउने हुनुभएको छ । उहाँको आठौँ पटक जिब्रो छेडाउदैँ हुनुहुन्छ । यो जात्रा वैशाख २ गते पर्छ ।


    शनिवार, चैत्र २८ २०७७०८:१२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij