Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वाणिज्य बैङ्कमा एक सातामै ४० अर्ब निक्षेप सङ्कलन

वाणिज्य बैङ्कमा एक सातामै ४० अर्ब निक्षेप सङ्कलन

  • आइतवार, चैत्र २९ २०७७

  • 740
    SHARES

  • वाणिज्य बैङ्कमा एक सातामै ४० अर्ब निक्षेप सङ्कलन

    काठमाडौं । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ ।

    बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।

    कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब निक्षेप थपिएको हो ।

    पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।

    कोरोनाका कारण प्रभावित भएको आर्थिक क्षेत्रले गति लिएसँगै बैङ्कहरूमा कर्जाको माग बढेपछि बैङ्कहरूमा पनि कर्जा विस्तार बढ्दो क्रममा थियो ।


    आइतवार, चैत्र २९ २०७७०७:१९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij