Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जीतपुर-सिमरा गोल्डकप आजबाट, उद्घाटन खेल नवजनजागृति र बागमती गाउँपालिकाबीच

जीतपुर-सिमरा गोल्डकप आजबाट, उद्घाटन खेल नवजनजागृति र बागमती गाउँपालिकाबीच

  • मंगलवार, चैत्र ३१ २०७७

  • 989
    SHARES

  • जीतपुर-सिमरा गोल्डकप आजबाट, उद्घाटन खेल नवजनजागृति  र बागमती गाउँपालिकाबीच

    काठमाडौं । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जीतपुर-सिमरा गोल्डकपको ११औं संस्करण मंगलबारदेखि सुरु हुँदै छ ।

    कोरोनाका कारण गतबर्ष रोकिएको प्रतियोगितालाई यसवर्ष निरन्तरता दिन लागिएको हो ।

    प्रतियोगिताको उद्घाटन खेल आयोजक नवजनजागृति युवा क्लब र बागमती गाउपालिकाबीच हुनेछ । सिमरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मुल आयोजक कमिटीसहित विभिन्न उपसमिति गठन गरी आयोजकले दुई महिनादेखि प्रतियोगिताको तयारी थालेको थियो ।

    प्रतियोगितामा यसबर्ष मोफसलका सात, ए डिभिजनका चार र एक विदेशी गरी १२ टिमको सहभागिता रहेको छ । विभिन्न क्लबमा आवद्ध अधिकांश खेलाडी नेपाल सुपर लिगको बन्द प्रशिक्षणमा रहेका कारण यसको प्रभाव प्रतियोगितामा समेत देखिएको छ । खेलाडी नभएको कारण देखाउदै साविक विजेता थ्रीस्टारसहित ए डिभिजनका केही क्लबले प्रतियोगितामा सहभागिता जनाएनन् ।

    जुनियर टिम लिएर प्रतियोगितामा सहभागिता ए डिभिजन क्लब अनिच्छुक देखिएपछि मोफसलका टिमलाई यसबर्ष अवसर दिईएको छ । १०औं संस्करणमा १० टिमको सहभागिता रहेपनि यस पटक दुई टिम थप गरी १२ पुर्‍याइएको छ ।

    आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले मोफलसको सबै क्षेत्रका टिमलाई समेटिने गरी तयारी गरिएको बताए ।

    यस वर्ष साविक उपबिजेता त्रिभुवन आर्मी फूटवल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एपिएफ क्लब, अफ्रिकन रुट्स एसोसिएसन, सुदुरपश्चिम–११ धनगढी, भरतपुर फूटवल क्लब, बागमती युवा क्लब, वीरगन्ज युनाईटेड क्लब, बागमती गाउपालिका खेलकुद विकास समिति, विजय युथ क्लब र आयोजक क्लब रहेका छन् । प्रतियोगितालाई रोचक बनाउन यस वर्ष अफ्रिकन रुट्सलाई स्थान दिइएको छ ।

    एन्फाले दिएको तालिका अनुसार प्रतियोगिता संचालन गर्न लागेको आयोजकले बढ्दो गर्मीलाई मध्यनजर गर्दै यस वर्ष बेलुकाको समयमा खेल खेलाउने तयारी गरेको छ । यसका लागि रंगशालामा फ्लड लाईटको ब्यवस्थापन समेत गरिएको छ । रात्री समयमा खेलाईने खेलका लागि तयारी पूरा भईसकेको क्लबका अध्यक्ष लामाले जानकारी दिए ।

    जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगीको रुपमा रहेको प्रतियोगिता बैशाख ११ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उदयीमान खेलाडी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । सिमरा गोल्डकपको नाममा संचालन हुदै आएको प्रतियोगिता यस बर्षदेखि जीतपुरसिमराको नाममा संचालन गर्न लागिएको हो ।


    मंगलवार, चैत्र ३१ २०७७०८:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij