काठमाडौं । प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार धुर्कोट गाउँपालिका ७ गुल्मीका ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका वडा नं ७ का सूर्य पन्थी र गाडी चालक मुसिकोट ३ का केशव कार्की तथा धुर्कोटकै यमलाल पन्थी रहेका छन्।
दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको गैरेले बताउनु भयो ।
बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।
त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।
नयाँ वर्षको बिदा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी प्युठानको स्वर्गद्वारी जाँदै गर्दा उक्त गाडी प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।