काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ।
४ हजार २ सय ८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
गौतमका अनुसार पछिल्लो सोमबारदेखि आजसम्म १३ हजार५३ जनामा कोरोना परीक्षण गरिएको छ।
जसमध्ये १ हजार ५ सय ३६ जना संक्रमित भएका छन् भने ४२० जना संक्रमणमुक्त भएका छन्।
हालसम्म मुलुकभर ४ हजार ५६ जना कोरोना संक्रमित छन्। जसमध्ये ३ हजार ५ सय ९९ जना होम आइसोलेशनमा छन् भने ४ सय ५७ जना संस्थागत आइसोलेशनमा छन्।
सरकारले पछिल्लो २४ घन्टामा ४ हजार २ सय ८९ जनाको पिसिआरबाट ५ सय ८० जनामा संक्रमण देखिएको छ। यस्तै ४ सय५१ एन्टिजेन परीक्षणबाट २३ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा मात्र २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्६मा १ सय २९ जना डिस्चार्ज भएका छन्। यो कुल संक्रमितको ९७.५ प्रतिशत हो।
हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।