Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५३४ कोरोना संक्रमित, ५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५३४ कोरोना संक्रमित, ५ जनाको मृत्यु

  • बिहिवार, बैशाख २ २०७८

  • 1.4K
    SHARES

  • नेपालमा पछिल्लो २४ घण्टामा थपिए  ५३४  कोरोना संक्रमित, ५ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप  ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा  ४ हजार १५२ जनामा परीक्षण गर्दा ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।थपिएका संक्रमितमध्ये ४९० जना आरटी–पीसीआर र ४४ जना एन्टिजेनबाट पहिचान भएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३८४ रहेको छ ।

    यसैगरी २४ घण्टामा १५७ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँचभ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।


    बिहिवार, बैशाख २ २०७८०५:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij