Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल : राजस्थानको पहिलो जित

आईपीएल : राजस्थानको पहिलो जित

  • शुक्रवार, बैशाख ३ २०७८

  • 783
    SHARES

  • आईपीएल : राजस्थानको पहिलो जित

    एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ ।

    बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो ।

    मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

    राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस मोरिसले अविजित ३६ रन जोड्दा जयदेव उनाकडले अविजित ११ रन बनाए । राहुल टेवाटिया १९ रनमा आउट भए ।

    दिल्लीका अभेस खानले ३ विकेट लिए । क्रिस वोक्स र कागिसो राबडाले २र२ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

    दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै टम कुरानले २१ रन जोड्दा ललित यादवले २० रन बनाए । क्रिस वोक्सले अविजित १५ रन बनाए ।

    राजस्थानका जयदेव उनाक्डले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

    जितसँगै राजस्थानले २ खेलमा २ अंक जोडेको छ । राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ ।

    दिल्ली २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दिल्लीको यो पहिलो हार हो ।



    शुक्रवार, बैशाख ३ २०७८०६:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij