Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको बागमती प्रदेश संसदीय दलले गर्‍यो बोर्ड गठन, को–को छन् बोर्डमा ?

एमालेको बागमती प्रदेश संसदीय दलले गर्‍यो बोर्ड गठन, को–को छन् बोर्डमा ?

  • शुक्रवार, बैशाख ३ २०७८

  • 1.2K
    SHARES

  • एमालेको बागमती प्रदेश संसदीय दलले गर्‍यो बोर्ड गठन, को–को छन् बोर्डमा ?

    काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ ।

    संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डले जानकारी दिनुभएको छ ।

    प्रदेश बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेका छन् । ।

    प्रमुख सचेतक पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीनजना सदस्य मनोनित गर्नुहुने छ ।

    बोर्डमा दलको उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था छ ।

    संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पास गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।

     


    शुक्रवार, बैशाख ३ २०७८०१:११:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij