Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक, पारसले यसकारण नखेल्ने

त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक, पारसले यसकारण नखेल्ने

  • शुक्रवार, बैशाख ३ २०७८

  • 849
    SHARES

  • त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक, पारसले यसकारण नखेल्ने

    काठमाडौं । काठमाडौंमा शनिबार शुरु हुने त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ ।

    नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान शायद अजिजले आज काठमाडौंको कालीमाटीस्थित सोल्टी होटलमा ट्रफी सार्वजनिक गरे ।

    सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको बताउनुभयो ।

    क्यानका महानिर्देशक रौनक मल्लले कोभिडको बेला पनि सिरिज गर्नु चुनौतीपूर्ण रहे पनि त्यसको लागि सबै मिलेर मिहिनेत गरेको बताउनुभयो ।
    ‘सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन हामी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नेछौं’, उहाँले भन्नुभयो ।

    खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिनेसमेत उहाँले जानकारी दिनुभयो ।

    प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ ।

    Tri-nations-cup-trophy.jpg

    यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर पारस खड्काले शनिबार हुने नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउने भएका छन् ।
    हातको औँलामा लागेको चोटका कारण उनले खेल गुमाउने भएका हुन् ।

     


    शुक्रवार, बैशाख ३ २०७८०३:५५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij