काठमाडौँ : काठमाडौँमा आजदेखि नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् ।
आयोजक नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ भने नेदरल्याड्स पिटर सीलारको कप्तानीमा मैदान उत्रने छ ।
बलियो टिम नेदरल्यान्ड्स नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।