काठमाडौं । नेपालका सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो सफलता हात पारेका छन् ।
लेग स्पिनर सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडोउडलाई एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
त्यस्तै, सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
सोमपालले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिएका हुन् ।
नेदरल्यान्ड्सले अहिले १३.२ ओभरमा दुई विकेट गुमाउँदै ६७ रनमात्र बनाएको छ ।
त्रिवि मैदानमा १ं:३० बजे सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।