काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत अहिले जारी पहिलो खेलमा पाहुना टोली नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र साहब आलमले १–१ विकेट लिएपछि नेदरल्यान्ड्स मध्यम स्कोरमा समेटिएको हो ।
केहीबेरपछि नेपालले ब्याटिङ गर्र्दैछ ।