काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ७ सय ६८ जना पीसीआर र ७५ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थप २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
हाल देशभर ५ हजार ५ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार३ सय ३३ पीसीआर परीक्षण गरिएको छ भने ६ सय ७१ एन्टिजेन परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ ।