Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको सानदार जित

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको सानदार जित

  • शनिवार, बैशाख ४ २०७८

  • 1.7K
    SHARES

  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको सानदार जित

    काठमाडौं । त्रिकोणात्मक टी(ट्वान्टी क्रिकेट सिरिजको उद्घाटन खेलमा नै नेपालले सानदार विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा आज ९शनिबार० भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।

    नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतीमा पूरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

    यस्तै आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यूमै अर्धशतक बनाएका छन् । त्रिकोणात्मक टी–२० सिरिजमा आसिफले नेदरल्याण्ड्सविरुद्ध डेब्यूमै अर्धशतक बनाएका हुन् । उनले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५२ रन बनाएका थिए ।

    अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ ।


    शनिवार, बैशाख ४ २०७८०५:०५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij