Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

  • आइतवार, बैशाख ५ २०७८

  • 1.4K
    SHARES

  • कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

    काठमाडौं । गएराति करिब पाँच घण्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट चार जनाको ज्यान गएको छ ।

    साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेजमा रुपन्देहीको मायादेवी गाउँपालिका–५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।

    त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ः४० बजे बाँकेको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका–१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ ।

    हालसम्म भेरी अस्पतालमा ९६ जना संक्रमितमध्ये ६० जनाको ज्यान गएको जनाइएको छ ।

     


    आइतवार, बैशाख ५ २०७८१२:०७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij