Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

  • आइतवार, बैशाख ५ २०७८

  • 809
    SHARES

  • नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रन जोड्यो । मलेसियाका वीरनदीप सिंहले ८७ रन बनाए ।

    त्यसअघि नेदरल्याण्ड्सको पालीमा प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित एक सय ३३ रन बनाएका थिए ।

    यसअघि शनिबार भएको खेलमा नेदरल्याण्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

    प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा नेपालले मलेसियाको सामना गर्नेछ ।


    आइतवार, बैशाख ५ २०७८०४:०१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij