Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल: कोलकत्तालाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

आईपीएल: कोलकत्तालाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

  • आइतवार, बैशाख ५ २०७८

  • 806
    SHARES

  • आईपीएल: कोलकत्तालाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

    एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार तेस्रो जित निकालेको छ । चेन्नईमा आइतबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।

    बैंगलोरले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

    कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । कप्तान इयान मोर्गन २९ रन जोड्दा शकिब अल हसन २६ रनमा आउट भए । राहुल त्रिपाठीले २५, सुबमन गिलले २१ र नितिश रानाले १८ रन जोडे ।

    बैंगलोरका केली जेमिसनले ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २/२ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

    बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्कासहित ७८ रन बनाए ।

    विस्फोटक ब्याटिङ गरेका डी भिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्कासहित अविजित रहदै ७६ रन बनाए । देवदुत पडिकलले २५ रन जोड्दा केली जेमिसनले अविजित ११ रन बनाए ।

    कप्तान विराट कोहली ५ रनमा आउट भए । कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १/१ विकेट लिए ।

    जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले ३ खेलमा अपराजित रहदै ६ अंक जोडेको छ ।

    कोलकत्ताको यो दोस्रो हार हो । कोलकत्ताले ३ खेलमा २ अंक जोडेको छ ।


    आइतवार, बैशाख ५ २०७८०७:४६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij