Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी एफ ए कपको फाइनलमा

साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी एफ ए कपको फाइनलमा

  • सोमवार, बैशाख ६ २०७८

  • 921
    SHARES

  • साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी एफ ए कपको फाइनलमा

    एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    गएराति वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा लेष्टर सिटी १–० ले विजयी भएको छ ।

    साउथह्याम्पटन विरुद्धको खेलमा लेष्टर सिटीलाई विजयी गराउन केलेची इहिनाचोले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । लेष्टर सिटी ५२ वर्षपछि एफ.ए कप फुटबलको फाईनलमा पुगेको हो ।

    यसअघि सन् १९६९ मा उसले फाईनल यात्रा तय गरेको थियो । लेष्टरले अब फाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ ।

    प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी फाईनलमा पुगेको हो ।


    सोमवार, बैशाख ६ २०७८०८:१५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij