Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
नेपाल भर्सेस मलेसिया

मलेसियाले नेपाललाई दियो ११० रनको 'झिनो लक्ष्य'

मलेसियाले नेपाललाई दियो ११० रनको 'झिनो लक्ष्य'

करण र सन्दीपले लिए क्रमशः तीन र दुई विकेट
  • सोमवार, बैशाख ६ २०७८

  • 932
    SHARES

  • मलेसियाले नेपाललाई दियो ११० रनको 'झिनो लक्ष्य'

    काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको झिनो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभर खेल्न सकेन । १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

    नेपालका बलरहरु हाबी भएपछि मलेसिया सस्तैमा समेटिएको हो । नेपालका लागि करण केसीले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामी, शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका छन् ।

    केहीबेरपछि नेपालले ब्याटिङ गर्दैछ ।

    नेपालको प्लेइङ ११ :

    ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

     


    सोमवार, बैशाख ६ २०७८०२:४४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij