काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत मलेसियाविरुद्ध कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य सहित ओपनिङमा ब्याटिङ गर्न आएका कुशलले शतक प्रहार गरेका हुन् ।
उनले २६ बल खेल्दै ३ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । कुशलले नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलका पनि ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो । मलेसिया पहिलो खेलमा नेदरल्यान्ड्सँग पराजित भएको थियो ।