Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
त्रिकोणात्मक टि–२० सिरिज

नेपालले मलेसियालाई पनि नौ विकेटले हरायो, लगातारको शानदार जितले लगभग फाइनलनजिक

नेपालले मलेसियालाई पनि नौ विकेटले हरायो, लगातारको शानदार जितले लगभग फाइनलनजिक

  • सोमवार, बैशाख ६ २०७८

  • 1.2K
    SHARES

  • नेपालले मलेसियालाई पनि नौ विकेटले हरायो, लगातारको शानदार जितले लगभग फाइनलनजिक

    काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार शानदार जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराउँदै लगातार जित हासिल गरेको हो ।

    यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले नै हराएको थियो ।

    आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभर पनि खेल्न सकेन । उसले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

    जवाफी व्याटिङमा आएको नेपालले १२.१ ओभरमा एक विकेट मात्र गुमाएर ११३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

    नेपालको सहज जिका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । उनले ४१ बल खेल्दै अविजित रहँदै ६१ रन बनाएका हुन् ।
    कुशलले नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलका पनि ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।

    त्यस्तै, नेपालको जितमा आसिफ सेखले ४२ तथा दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए । दीपेन्द्र अविजित रहे ।

    यसअघि नेपालका बलरहरु हाबी भएपछि मलेसिया सस्तैमा समेटिएको हो । नेपालका लागि करण केसीले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामी, शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका छन् ।

    लगातारको फराकिलो जितसँगै नेपाल फाइनलनजिक पुगेको छ । अब केवल औपचारिकता मात्रै बाँकी छ ।

    नेपालको प्लेइङ ११ :

    ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

     


    सोमवार, बैशाख ६ २०७८०३:५७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij