Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोनाको दोस्रो लहर

विवाहमा २५ जना मात्रै सहभागी हुन पाइने

विवाहमा २५ जना मात्रै सहभागी हुन पाइने

  • सोमवार, बैशाख ६ २०७८

  • 981
    SHARES

  • विवाहमा २५ जना मात्रै सहभागी हुन पाइने

    काठमाडौँ – सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

    विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

    मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताउनुभयो।

    यस्तै होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम सरकारले ल्याएको छ ।

    कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको हो ।

    त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो।

    यस्तै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ।

    मास्क नलगाएका युत्रलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय गरिएको मन्त्री गुरुङले बताउनुभयो ।

    लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीलाई निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ।


    सोमवार, बैशाख ६ २०७८०५:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij