Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपालले टस जित्यो, पहिले व्याटिङ गर्ने

नेपालले टस जित्यो, पहिले व्याटिङ गर्ने

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.2K
    SHARES

  • नेपालले टस जित्यो, पहिले व्याटिङ गर्ने

    काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आज तेस्रो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो ।

    यसैबीच, नेपालका कप्तान ज्ञानेन्द्र मल्लले आज टस जितेर व्याटिङ गर्ने निर्णय गरेका छन् ।
    खेल १ः१५ बजे सुरु हुनेछ ।

    यसअघिका दुवै खेलमा नेपालले फिल्डिङ रोजेको थियो ।

    नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ ।

    दुई खेल गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    यसअघि दुवै खेल फराकिलो अन्तरमा जितिसकेको नेपालले लगभग फाइनलमा पुगिसकेको छ । अब औपचारिकता मात्र बाँकी छ ।

    कोरोना भाइरस महामारीका कारण आज मैदानमा गएर खेल हेर्न दर्शकलाई निषेध गरिएको छ ।

    नेपालको प्लइङ ११ :

    ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम ।


    मंगलवार, बैशाख ७ २०७८०१:०१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij