काठमाडौं । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज नेदरल्याण्ड्सविरुद्ध जारी खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । यो उनको लगातार तेस्रो अर्धशतक हो ।
कुशलले यसै प्रतियोगितामा टि–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा उनले ४१ बलमा ५२ रन बनाउँदै अर्को अर्धशतकीय पारी खेलेका हुन् ।
कुशलले नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलका पनि ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।
त्यस्तै, दोस्रो खेलमा कुशलले मलेसियाविरुद्ध २२ बलमै ५इ रन पूरा गरेका थिए ।
यससँगै कुशलले अन्तराष्ट्रिय रेकर्डसमेत कायम गरेका छन् । डेब्यु सिरिजमै लगातार तीन अर्थशतक बनाउने उनी विश्वकै पहिलो खेलाडी हुन् ।