Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको विशाल लक्ष्य, बने कीर्तिमानै–कीर्तिमान

नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको विशाल लक्ष्य, बने कीर्तिमानै–कीर्तिमान

  • मंगलवार, बैशाख ७ २०७८

  • 805
    SHARES

  • नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको विशाल लक्ष्य, बने कीर्तिमानै–कीर्तिमान

    काठमाडौं । त्रिदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज जारी खेलमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको विशाल लक्ष्य दिएको छ ।

    टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाउन सफल भयो । नेपालको यो टि–ट्वान्टीमा दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले भुटानविरुद्ध २२६ रन बनाएको थियो ।

    नेपाललाई विशाल स्कोरमा पुर्याउन कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । कुशलको जारी सिरिजमा यो लगातार तेस्रो अर्धशतक हो ।

    कुशलले यसै प्रतियोगितामा टि–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा उनले ४२ बलमा ६२ रन बनाउँदै अर्को अर्धशतकीय पारी खेलेका हुन् ।

    कुशलले नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलका पनि ६२ रनको अर्धशतकीय पारी खेलेका थिए ।

    त्यस्तै, दोस्रो खेलमा कुशलले मलेसियाविरुद्ध २२ बलमै ५इ रन पूरा गरेका थिए ।

    यससँगै कुशलले अन्तराष्ट्रिय रेकर्डसमेत कायम गरेका छन् । डेब्यु सिरिजमै लगातार तीन अर्थशतक बनाउने उनी विश्वकै पहिलो खेलाडी हुन् ।
    त्यसैगरी, दीपेन्द्रले पनि जारी प्रतियोगिताकै फास्टेड अर्धशतक बताएका छन् । उनले ३० बल खेल्दै ६० रन बनाए ।

    साथै, नेपालको विशाल स्कोर बनाउन सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले ७, करण केसीले १ रनको योगदान दिए । आशिफ शेखले भने आज खाता खोल्न पनि सकेनन् ।

    सोमपाल र विनोद अविजित रहेका थिए ।


    मंगलवार, बैशाख ७ २०७८०३:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij