Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएलमा दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

आईपीएलमा दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

  • बुधवार, बैशाख ८ २०७८

  • 571
    SHARES

  • आईपीएलमा दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

    एजेन्सी । दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

    मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे ।

    मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

    मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।

    जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । मुम्बईको ४ खेलमा ४ अंक छ ।

     


    बुधवार, बैशाख ८ २०७८०६:१६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij