काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।
बैठकमा १४ औं महाधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन नसकेको स्वयम् पार्टीका नेताहरुले बताइर।हेका वेला बैठक बसेको हो ।
विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको कांग्रेस नेताहरुको भनाइ छ ।
विवरण नपठाएका जिल्लाहरुलाई कांग्रेसले सदस्यताको विवरण पठाउन थप एक साताको समयसीमा दिएको छ ।