काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजिमा मलेसिया र नेदरल्यान्ड्सबीच जारी खेल वर्षाका कारण रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएको छ ।
नेदरल्यान्ड्सका लागि बेन कुपर २५ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा कप्तान पिटर सिलार २७ बलमा ३ चौकासहित २९ रन बनाएर खेलिरहेका थिए ।
त्यसअघि, ओपनरद्वय विक्रमजित सिंह १ र टोभिएस भिसे शून्यमा पेभेलियन फर्केका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका बस दी लिड शून्यमा पेभेलियन फर्केका थिए ।
मलेसियाका लागि मुहम्मद वाफिकले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए भने पवनदीप सिंहले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।